चौतारी साकोसको १४औं सभा

0
54

झिलझिले,

शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा अवस्थित चौतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। सभामा संस्थाले सदस्यलाई प्रत्यक्ष लाभ पुग्ने गरी विभिन्न नयाँ कार्यक्रम सार्वजनिक गर्दै गत आर्थिक वर्षको वासलात प्रस्तुत गरेको छ।

गत आर्थिक वर्ष ०८१/०८२ मा सहकारीले ३१ करोड ३४ लाख ७३ हजार २३२ रुपैयाँ १७ पैसा बराबरको कारोबार गरेको थियो। हाल संस्थामा २ हजार १२३ जना सेयर सदस्य छन् भने २ करोड ७३ लाख ६९ हजार रुपैयाँ सेयर पुँजी रहेको छ। सहकारीले सो अवधिमा २४ करोड ८५ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी २६ करोड ३० लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सदस्यलाई प्रत्यक्ष राहत दिने उद्देश्यले सहकारीले यो वर्षदेखि ७० वर्ष नाघेका जेष्ठ सदस्यलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ निवृत्त भत्ता दिने घोषणा गरेको छ। त्यस्तै सदस्यका छोराछोरीले एसईईमा ए प्लस ल्याएमा नगद ८,००० र कक्षा १२ मा A+ ल्याउने एक छात्र–एक छात्रालाई १० हाजअत रुपैयाँ दिने बाताएकेो छ । साथै ४ जीपीए ल्याउने विद्यार्थीमध्ये एक–एक जना छनोट गरी पुरस्कृत गर्ने संस्थाले सार्वजनिक गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ।

स्वास्थ्य र आपतकालीन राहतलाई प्राथमिकता दिँदै संस्थाले नवजात शिशु स्याहार कार्यक्रम, दीर्घ रोगजस्तै क्यान्सरको किमोथेरापी, मृगौला डायलाइसिस, प्यारालाइसिस र मस्तिष्कघात उपचारमा एकपटकमा २० हजार रुपैयाँ सहयोग गर्ने योजना ल्याएको छ। त्यस्तै प्राकृतिक प्रकोप—बाढी, पहिरो, आगलागी वा भूकम्पबाट क्षति भएकालाई अवस्था अनुसार ५ हजार देखि १५ हजार रुपैयाँ राहत उपलब्ध गराइनेछ।

सभामा झापा जिल्ला सहकारी सङ्घका उपाध्यक्ष नारायणप्रसाद भट्टराई प्रमुख अतिथि थिए। कार्यक्रममा स्थानीय वार्ड नं ८ का वडाध्यक्ष सन्तकुमार फेउदिन र स्थानीय पशुपति अङ्ग्रेजी माध्यमिक विद्यालय का संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश खनाललगायतले शुभकामना मन्तव्य दिएका थिए। अवसरमा बचत तथा ऋणमा उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मान गरिएको थियो भने कर्जा विभागका प्रमुख सुमन राईलाई वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here