झापा । काठमाडौंमा मेयर बालेन साहलााई लक्षित गर्दै मेडिकल ब्यावसायी दुर्गा प्रसाईले कालो चस्मा भित्र राज धेरै दिन नटिक्ने बताएका छन् । उनले भनेका छन् – कालो चस्मा भित्र बाट जुन प्रकारको राज गरियो, स्टाटस लेख्ने काम गरियो यो सबैको अत्य हुन्छ ।
सिंहदरवार भित्र आगो लाग्दा मेयर वालेन साहले दमकल कोठाभित्र थुनेको र आगो लगाउने मानिसलाई पानी बाढेको बताएका छन् । नेपालको सिंहदरवार, नेपालको सर्बाेच्च अदालत राणाकालीन सम्पदा भएको बताएका प्रसाईले त्यस्ता सम्पादा जल्दा समेत मेयर बालेन साहले दमकल बपठाएको बताए ।
तावामाा उफ्रिएका नेपाली जनताले भ्रष्टाचारी सरकार लखेटेपनि मुलुकमा अहिले पश्चिमाहरुको सरकार बनेको बताएका प्रसाईले सुशीला कार्की नेतृत्वको सरकार एनजीयो आइएनजीयोको सरकार रहेको दावी गरे । उनले पश्चिमाहरुले नेपालमा सेना झार्न खोजेको समेत बताएका छन् ।
विदेशीले नेपालमा खुट्टा टेक्न खोजे पनि त्यो सफल नहुँने उनको भनाई छ ।
नेपालमा बैदिक किरात सहितको हिन्दू सनातन राज्य निर्माण गर्न र २०४७ सालको संविधान लागू गर्न पाउनु पर्ने उनको धारणाा छ ।






























