झापा । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनी पुनः निर्माणको अन्तिम चरणमा पुगेको छ ।
गत भदौ २४ गते जेन–जी समूहको प्रदर्शनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त कार्यालयको पुनर्निर्माण अन्तिम चरणमा पुगेसँगै प्रहरी बुधवारबाट औपचारिक रुपमा फर्किने तयारी गरेको हो । जसका लागि बिर्तामोडवासीले विहान एक विशेष कार्यक्रमको आयोजना गर्दै नौमति वाजासहित बिर्तामोड नगरपरिक्रमा गराएर कार्याालयमा प्रवेश गराउने कार्यक्रम रहेको स्थानीय युवा व्यवसायी रमेश चौधरीले बताउनुभयो ।
आन्दोलनका क्रममाा जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयका ११ वटा भवनमा क्षति पुगेको थियो । करिव ७५ लाख रुपैयाँ खर्च गर्दै तयार गरिएका दुवै कार्यालयमा विहान ७ वजे बाजा गाजा सहित प्रहरी प्रवेश गराउने कार्यक्रम तय भएको र पुनः निर्माणको सबै काम सक्न करिव एक करोड ५० लााख रुपैयाँ लाग्ने पुनः निर्माण कार्यमा सक्रिय अर्का युवा व्यवसायी पदम श्रेष्ठले बताउनुभयो ।
क्षतिग्रस्त बनेका प्रहरी संरचना पुनः निर्माण कार्यक्रम नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका अर्का व्यवसायी हुनुहन्छ वीपिन बजगाई । बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य समेत रहनुभएका वजगाईले निर्माण कार्यमा सहयोग पु¥याउने सबैलाई धन्यवााद दिँदै बुधवारको कार्यक्रममा सहभागीताका लागि आम बिर्तामोडवासीलाई आग्रह गर्नुभयो ।
क्षतिग्रस्त प्रहरी कार्यालय पुनर्निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भइसकेको र अझै पनि धमाधम काम भइरहेको जनाइएको छ ।
वुधवार विहान प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, प्रहरी उपरीक्षक राजन लिम्बू सहितका सुरक्षा निकायका प्रमुखको उपस्थितिमा प्रहरीलाई औपचारिक रुपमा भित्र्याइँदैछ ।
चाडपर्वको समयमा बिर्तामोड क्षेत्रमा प्रहरी नहुँदा चोरी, डकैती लगायतका आपराधिक घटनाहरू बढ्दै आएको भन्दै स्थानीयले शीघ्र प्रहरी फर्कनुपर्ने माग गर्दै आएका थिए।




























