झापा । झापाको गरामनीमा छुरा प्रहारबाट एक व्यक्ति घाइते भएका छन् । एकादशीका दिन बिर्तामोड– ८ मा गराामनीमा लाग्दै अँएको मेलामा छुरा प्रहार हुँदा १८ वर्षीय वर्षाल राजवंशी घाइते भएक हुन् ।
हिजो साँझ ६।३० बजे गरामनी मेलाको हल्दिवारी जाने बाटोमा बिर्तामोड– ७ गरामनी बस्ने सप्नी राजवंशीका छोरा बर्ष १८ का बर्षात राजवंशीमाथि छुरा प्रहार भएको हो । घाइतेलाई प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । उनको पिठ्युँमा चोट लागेको छ ।
बीएण्डसी अस्पतालमा खटेको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराउनासाथ अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको कमाण्डमा ३ जनाको टोली खटिएर छुरा प्रहार गर्ने मानिसहरुको पहिचान तथा खोजतलास भइरहेको जनाइएको छ । यस वर्ष गरामनी मेलामा जुवाजन्य खेल डाइस खुलेआम खेलाइएको थियो । छुरा प्रहार भएको ठाउँ हल्दिवारी जाने बाटोमा एक दर्जन डाइस रहेका थिए ।































