बिर्तामोड, झापाली समाज कुवेतले एकका लागि एक अभियान मार्फत बाढी डुबान पीडित ५५ परिवारलाई राहत प्रदान गरेको छ ।
राहत प्याकेट वापतको एक लाख ७१ हजार रुपैयाँ समाजका अध्यक्ष लीला पाण्डेसहितको टोलीले बुधबार एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई प्रदान गर्यो ।
बिर्तामोडमा भएको संक्षिप्त कार्यक्रममा बोल्दै समाजका अध्यक्ष पाण्डेले मातृभूमिमा विपद् परेका बेला कुवेतका झापाली एकजुट भएर सहयोग गरेको बताए । अभियानका संयोजक गिरीले धन्यवाद ज्ञापन गर्दै थप सहयोगका लागि सबैमा अपिल गरे ।































