सुनसरी प्रहरी प्रमुखको ह्वाट्सएप ह्याक

0
54

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुखको प्रयोगमा रहेको ९८५२०८५५५५ नम्बरको ह्वाट्सएप अकाउन्ट ह्याक भएको छ।

ह्याक गरिएको उक्त अकाउन्टबाट विभिन्न व्यक्तिहरूलाई सन्देश पठाई रकम माग्ने तथा अनावश्यक सन्देश पठाउने कार्य भएको पाइएको छ। अन्वेषण योजना तथा विकास शाखाका अनुसार, आज राति करिब ८:४५ बजे प्रमुखको ह्वाट्सएप नम्बर ह्याक गरिएको हो।

त्यसपछि सो नम्बर प्रयोग गरी केही व्यक्तिहरूलाई आर्थिक रकम माग्न थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए। उनका अनुसार, “ह्याक भएको अकाउन्टबाट आएका सन्देशमा विश्वास नगर्न र उक्त नम्बरबाट रकम माग्ने वा अन्य अनुरोध सम्बन्धी सन्देशहरू आएको खण्डमा प्रतिक्रिया नदिन समेत प्रबक्ता खतिवडाले भनेका छ्न।

प्रहरीले ह्याकिङसँग सम्बन्धित गतिविधि देखिएमा वा शंकास्पद सन्देश प्राप्त भएमा तत्काल प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरेको छ। थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडा (९८५२०५४७२८) मा सम्पर्क गर्न सकिने कार्यालयले जनाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here