हाम्रो फाउण्डेशनद्वारा पथरी शनिश्चरे-१ को कार्यालयलाई आवश्यक सामग्रीहरु हस्तान्तरण

0
67

पथरी शनिश्चरे,

हाम्रो फाउण्डेशन परिवार, पथरी शनिश्चरेले मोरङको पथरी शनिश्चरे वडा नं १ को वडा कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचर सहयोग उपलब्ध गराएको छ।

आज एक संक्षिप्त कार्यक्रमका बीच उक्त फाउण्डेसनले विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा सहयोग हस्तान्तरण गरेको हो। “शिक्षा र परोपकार , हाम्रो सरोकार” भन्ने मूल नाराका साथ उक्त फाउण्डेसनले उक्त वडा कार्यालयलाई कार्यालय सञ्चालन सहज बनाउने उद्देश्यले १ थान अफिस दराज, ३ थान अफिस टेबल, २८ स्थान प्लास्टिक कुर्सी,३ थान आधुनिक कुर्सी चियर, ४ थान थ्री सिटर चेयर, दुई थान वाल फेन, एक थान स्टेन ह्याङ्गर, लगायतका सामानहरु नेपालकी प्रथम शंकराचार्य हेमानन्द गिरीको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको थियो।

हस्तान्तरण गर्दै उहाँले जिन्जी नामको आँधीहुरी ( आन्दोलन) ले यस वडालाई पनि तोडफोड, आगजनी र चोरी जस्ता घटनाहरु घटाएर तहसनहस बनाएको अवस्थामा देश विदेशमा रहनुहुने दानवीर नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले हाम्रो फाउन्डेसनको नाम मार्फत् सहयोग उपलब्ध गराउनु भएकोमा आभार व्यक्त गर्नुहुँदै भएको थियो।

हाम्रो फाउण्डेशनका संयोजक प्रदिप कुमार राईले गत भदौ २३/२४ गते एक किसिमको आँधिबेहरी आएर नेपालका सबै राष्ट्रिय भौतिक तथा प्रशासनिक संरचनाहरू ध्वस्त भएको परिवेशमा हाम्रो फाउण्डेशनले पथरी शनिश्चरे नगरपालिकामा रहेको वडा कार्यालय लगायतका संरचनाहरू पनि तोडफोड तथा आगजनी भएको भएकाले जनताका कामहरु कार्यसम्पादन सहज तुल्याउन आवश्यक पर्ने सामग्रीहरु वडा कार्यालयमा उपलब्ध गराईएको बताउनुभयो ।

उहाँले दशैं र तिहारमा गरिने खर्चलाई कटौती गरेर देशविदेशमा रहनुहुने दाजुभाई दिदीबहिनीहरुले वडा कार्यालयलाई आवश्यक पर्ने फर्निचर लगायतका सामग्रीहरु प्रदान गरिएको जानकारी दिनुभयो।

यस्तो विध्वंशकारी घटनाहरू पुनः यो पुस्ता वा आगामी पुस्ताले भोग्नु नपरोस् भन्दै आज जसरी विभिन्न संघ-संस्था, व्यक्तित्व र सामाजिक व्यक्तित्वहरूले सहयोग गरिरहनु भएको छ; त्यसैगरी आगामी दिनहरुमा पनि उर्जाका साथ सहयोग गरिदिनुहुन वडावासीहरूलाई अनुरोध गर्दै वडाका जनप्रतिनिधिहरुले जनमुखी कार्यहरू गर्न आफूहरू प्रतिबद्ध रहेको प्रतिबद्धता जाहेर गर्नुभयो।

उक्त कार्यालयबाट नगद २ लाखभन्दा बढी रकम सहित अति नै आवश्यक फर्निचर, टेबल, कागजात, ल्यापटप, प्रिन्टर, लगायतका थुप्रै सामग्रीहरु नष्ट भएको थियो।

उक्त अवसरमा पथरी शनिश्चरे नगरपालिकाका पूर्व मेयर दिलिप कुमार राई, आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली ,पथरी शनिश्चरे नगरपालिकाका कार्यपालिका सदस्य वीरध्वज शिवा, शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलमणि गुरुङ, वडा सचिव मित्रकला चापागाईं, वडा सदस्यहरू क्रमशः सुरेश कार्की, बसुन्धरा गुरुङ, आरती बिक, पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन बिक लगायत विभिन्न संघ-संस्था तथा सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

यस अघि पनि उक्त वडा कार्यालयलाई कार्यालय प्रयोजनको लागि विभिन्न संघसंस्थाहरुले आवश्यक कम्प्युटर, प्रिन्टर, टेबल, लगायतका सामग्रीहरु उपलब्ध गराएको वडा कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here