झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको छ।
पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको हो।
खड्कालाई कार्यवाहक दिएर देउवा सम्भवतः बुधबार नै उपचारका लागि सिंगापुर गएपछि बाँकी बैठक पनि खड्काले नै सञ्चालन गर्नुहुने कांग्रेसले जनाएको छ।





























