मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

0
99

पाँचथर,

पाँचथरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिदिम नगरपालिका-१३ का ४२ वर्षीय हर्कबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

राई फिदिम-१३ पञ्चमीस्थित सिँगारे खोल्सामा दुर्घटनामा परेका थिए ।

गाउँबाट दूध संकलन गरेर मोटरसाइकलमा डेरी लैजाने क्रममा उनले चलाएको मे ३ प ३९८४ नम्बरको मोटरसाइकल पहिरोबाट खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here