बिर्तामोड ।

समाजमा शान्ति सुरक्षा कायम गर्दै अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गरेको भन्दै ७० औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका दुई जना प्रहरी अधिकृत पुरस्कृत भएका छन् ।
नेपाल प्रहरीको पेशागत मर्यादालाई कायम राख्दै आफ्नो जिम्मेवारीसम्पन्न गर्ने सन्र्दभमा कुशल ब्यवसायीक क्षमता प्रर्दशन गर्दै लागूऔषध अपराध अनुसन्धानको क्षेत्रमा उल्लेखनीय कार्य गरेको जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र साइबर अपराध अनुसन्धानकर्ताको क्षेत्रमा उल्लेखनीय कार्यकगरेको भन्दै जिल्ला प्रहरी कार्यालय झापामा नै कार्यरत रहेका प्रहरी नायव निरीक्षक ज्ञानु खड्कालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सम्मान गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले झापमा दुई जना प्रहरीहरुलाई सम्मान पत्र पठाएका थिए । उक्त सम्मान पत्र ७० औं प्रहरी दिवसका अवसरमा आज जिल्ला प्रहरी कार्यालय झापामा आयोजिक एक कार्यक्रमका बीच प्रहरी उपरीक्षक राजन लिम्बूले प्रहरी निरीक्षक चौहान र प्रहरी नायब निरीक्षक खड्कालाई प्रदान गरेका हुन् ।































