प्रहरी नायव उपरीक्षक खड्का प्रहरी प्रधान कार्यालयद्वारा पुरस्कृत

0
42

झापा । नेपाल प्रहरीले ७० औं प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्कालाई पुरस्कृत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरीक्षक खड्कालाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको हो । उनलाई बन्द हड्ताल जुलुस प्रहरी कार्य लगायत शान्ति सुरक्षा विद्यामा पुरस्कृत गरिएको थियो । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक चन्द्र कुवेश खापुङले सम्मानपत्र प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here