दशनामी समाज बिर्तामोड नगरले तिहारमा देउसीभैलो कार्यक्रम निरन्तरता दिने

0
51

बिर्तामोड ।

नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले यसबर्ष पनि देउसीभैलो कार्यक्रम अन्तरगत आर्थिक सहयोग संकलनलाई निरन्तरता दिने भएको छ ।

नगर समितिले आज (शुक्रवार) बिर्तामोडमा आयोजित शुभदीपावली, छठ पर्व, नेपाल सम्वत्लगायतका पर्वको अवसरमा शुभकामना आदान–प्रदान गर्दै यो बर्षपनि बिर्तामोड नगरभित्र रहेका दशनामी बन्धुहरुको घरआँगनमा पुगेर आर्थिक संकलन गर्ने निर्णय गरेको हो ।

समाजका बिर्तामोड नगर समितिका अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा तिहारको अवसर पारेर देउसीभैलो कार्यक्रम अन्तरगत अघिल्ला बर्षझै यो बर्षपनि कोषबृद्धिका लागि कार्यक्रम गरिने भएको छ ।

बिर्तामोड नगर समितिले बिर्तामोड नगरभित्र रहेका दशनामी बन्धुहरुमा पर्ने दुःखमा उक्त कोषबाट सहयोग गर्दै आएको छ । बिशेष गरेर कोषबाट नगरभित्रका बन्धुहरुको घरपरिवारमा हुने मरिमराउमा आर्थिक सहयोगसँगै समवेदना लिएर जाने गरेको छ ।

तिहारको अवसर पारेर आगामी असोज ४ गतेदेखि देउसीभैलो अन्तरगत दशनामी बन्धुहरुको घरआँगनमा गएर आर्थिक संकलन गरिने कार्यक्रम तय गरिएको नगर सचिव प्रजित पुरीले जानकारी दिए ।

उक्त देउसीभैलो कार्यक्रमका लागि बिर्तामोड नगर समितिका बरिष्ठ उपाध्यक्ष खेमराज गिरीको संयोजकत्वमा कोषाध्यक्ष बिदुर गिरी, सदस्य रणबहादुर गिरी, विश्वनाथ बन र हरि गिरी रहेको समिति गठन गरिएको छ ।

सोही कार्यक्रमकाबिच समाजको कोषको आय तथा व्ययको अनुमोदनसमेत गरिएको थियो । कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रिय सल्लाहकार तथा बिर्तामोड नगर सल्लाहकार बालकृष्ण गिरी, नेपाल दशनामी समाज कोशी प्रदेशका सल्लाहकार संयोजक तथा नगर सल्लाहकार चन्द्रप्रसाद गिरी, समाजका कोशी प्रदेश अध्यक्ष तथा नगर सल्लाहकार पदमबहादुर पुरी (प्रकाश), बिर्तामोड नगर निवर्तमान अध्यक्ष अर्जुन गिरी, पद्मादेवी पुरी, नगर प्रेस संयोजक उद्धव पुरीलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here