माईका वाढी प्रभावित ७४ विद्यार्थीलाई नगद सहयोग

0
114

विमल दहाल, माई ।

माई नगरपालिका भित्रका ७४ बाढीबाट पिडित भएका १० विद्यालयका ७४ जना विद्यार्थीहरुलाई नगद सहयोग गरिएको छ। माई नगरपालिका शिक्षा शाखा र शिक्षक कर्मचारीको सहयोगमा संकलित २ लाख ९४ हजार १०४ रुपैया नगद विद्यार्थीलाई वितरण गरिएको विन्ति विनायक आधारभूत विधालय माई-६ का प्रधानाध्यापक खड्क बहादुर कडेलले जानकारी दिनुभयो।

गत असोज १८ र १९ गते आएको बाढीबाट पिडित भएका विधार्थीलाई बिद्यालयमै गएर राहत वितरण गरिएको छ । शिक्षक-विधार्थीको उपस्थितिमा प्रधानाध्यापकहरुलाई वाढी प्रभावित विद्यार्थी संख्याका आधारमा एकमुष्ट नगद वितरण गरिएको छ । बाढी पिडित २९ जना बिद्यार्थी रहेको शिसुसेवा माबि माई-२ मा माई नगर शिक्षा अधिकृत सीता लावती र सहयोग रकम ५० हजार दिनुहुने जुनि देवानका भाई सुमन देवानले संयुक्त रुपमा प्रधानाध्यापक विभिषण सेर्मालाई नगद १ लाख १५ हजार २ सय हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा गरुवा आवि माई-४ मा २ जना विद्यार्थीलाई रु ७ हजार ९ सय रुपैयाँ, कन्काई मावि माई-२ मा ८ जना विद्यार्थीलाई ३१ हजार ८ सय रुपैयाँ, कामना आबि माई-२ मा २ जना विद्यार्थीलाई ८ हजार रुपैयाँ, शजनसिद्द आबि माई- ८ मा १० जना विद्यार्थीलाई ३९ हजार ७ सय रुपैयाँ, साईनिङ स्टार बोर्डिङ माई- ८ मा ५ जना विद्यार्थीलाई १९ हजार ९ सय रुपैयाँ, आदर्श निकेतन माई-८ मा १ जना विद्यार्थीलाई ४ हजार रुपैयाँ, लक्ष्मी आदर्श माबि माई-८ मा ५ जना विद्यार्थीलाई १९ हजार ९ रुपैयाँ, बिरेन्द्र माबि माई-७ का ८ जना विद्यार्थीलाई ३१ हजार ८ सय रुपैयाँ बितरण गरिएको कडेलले जानकारी दिनुभयो।

नगद राहत वितरण कार्यक्रमको ब्यवस्थापन शिक्षा अधिकृत केशव खनाल र सन्चालन, ब्यवस्थापन शिक्षकहरु खड्क बहादुर कडेल, सुशिला खडका, सन्देश लिङ्देनले गर्नु भएको थियो । राहत बितरण कार्यक्रमा सहयोगी २५७ शिक्षकहरुको प्रतिनिधित्व गर्नुहुदै शिक्षक भिम बहादुर राई , रुद्र बहादुर मगर, तिर्थ भारती, डिल्लीराम धिताल, सुन्दरमणि बि.सि. ले समन्वय र सहभागिता जनाउनु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here