नमुना सामुदायिक वन उपभोक्ता समूहको २३ औं बार्षिक साधारण सभा सम्पन्न

0
96

सुन्दरहरैंचा(मोरङ),

मोरङको सुन्दरहरैंचा नगरपालिका – ५ मा रहेको नमुना सामुदायिक वन उपभोक्ता समूहको २३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। सामुदायिक वन अन्तर्गत पर्ने हसिना सिमसारको सभा हलमा शनिबार भएको साधारण सभामा वडा नम्बर ५ का वडाध्यक्ष गणेश चौधरीको प्रमुख अतिथ्यता र वनका अध्यक्ष घनश्याम न्यौपानेको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा नम्बर ५ का वडाध्यक्ष चौधरीले सामुदायिक बनको उपभोक्ताहरुको जिबिको पार्जन , चोरिसिकारी नियन्त्रण ,वन्यजन्तु सरक्षण गर्दै खोला नाला नियन्त्रणका लागि सबैजनाले पहल गर्नुपर्नेमा उनको जोड थियो । उनले अध्यक्ष न्यौपानेले कुशल नेतृत्व गरेको कारण अहिले वनले निकै प्रगति गरेको बताउदै वडाबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रमका विशिष्ठ अतिथि सव डिभिजन कार्यलय लाटीझोडाका प्रमुख बिजय प्रजाले सामुदायिक वनले बिधान अनुसार काम गर्नु पर्ने बताए । वनले बिकासका पूर्वाधार निमार्ण शिक्षा , स्वास्थ्य लगायतका काम पनि गर्न सक्ने हुनाले चोरी सिकारी नियन्त्रण गर्दै बन संरक्षण गर्नु पर्नेमा उनले जोड दिए । कार्यक्रममा वनका अध्यक्ष न्यौपाने आर्थिक बर्ष २०८१ /८२ को प्रगती प्रतिवेदन, सचिव कविराज राई प्रस्तावित प्रतिवेदन र लेखा समिति संयोजक इन्द्र बहादुर राईले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पूर्व वडाध्यक्ष राम रिजाल,वडा सदस्य घनश्याम घले गुरुङ,सिद्धार्थ सामुदायिक वनका अध्यक्ष प्रकाश तामांङ,हरियाली सामुदायिक वनका अध्यक्ष महेश राई,आहाले सामुदायिक वनका अध्यक्ष याम बहादुर तामांङ,सुन्दर सामुदायिक वनका प्रतिनिधि दुर्गा बहादुर प्रधान लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन वनकी कोषाध्यक्ष कृष्ण कुमारी सिलवालले गरेकी थिईन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here