कुवाडीमा निःशुल्क स्वास्थ्य शिविर

0
49

झापा ।

स्टार्ट फन्ड नेपालको सहयोगमा हुसाडेक नेपाल धनकुटाद्वारा झापाको झापा गाउँपालिका–२ स्थित कुवाडीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २५८ जना सहभागी भएका छन्।

गत असोज महिना र केही दिनअघि परेको अविरल वर्षाका कारण डुबाउमा प्रभावित परिवारका लागि उक्त शिविर आयोजना गरिएको हुसाडेक नेपालका फोकल पर्सन रमेशचन्द्र अधिकारीले जानकारी दिनुभयो।

उक्त अवसरमा स्टार्ट फन्ट नेपालका तर्फबाट सम्झना घिमिरे झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला, झापा गाउँपालिका वडा नं २ का वडा अध्यक्ष हिमाल चौलागाईं लगायतको उपस्थिति रहेको थियो।

झापा गाउँपालिकामा यसअघि पनि हुसारेक नेपालको आयोजनामा बाढी प्रभावित ५०० परिवारलाई करिब १८ लाख रूपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराइएको थियो।

उक्त स्थानमा मनोसामाजिक विमर्शकर्ताबाट समेत सेवा उपलब्ध गराइएको छ। यसैगरी पोषण र हाइजिङ किट लगायतका सामग्री समेत वितरण गरिने कार्यक्रम रहेको फोकल पर्सन अधिकारीले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here