मोरङ ।

मोरङको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको विराटनगर–५ स्थितमा लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बीआर ५० एडी नम्बरको स्कुटरमा सवार सुनसरी देवानगंज गाउँपालिका–२ का विकास कुमार यादब र भारत बिहार पुर्णियाका कृष्ण कुमार मेहतालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा ५३ ग्राम १७ मिलिग्राम ब्राउन सुगर बरामद भएकोले दुबैलाई नियन्त्रणमा लिएको हो ।
त्यसैगरी प्रहरी चौकी कुशेचौरीले पथरीशनिश्चरे नगरपालिका–९ का २३ बर्षीय कबिन कार्कीलाई ९३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ गरेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































