लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ५ जना पक्राउ

0
24

विराटनगर, प्रदेश १ का विभिन्न स्थान — झापा र मोरङ जिल्लाबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ५ जना पक्राउ परेका छन्। पक्राउ परेका सबैलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको टोलीले कात्तिक २० गते झापाको मेचीनगर नगरपालिका–६ बाट दमक नगरपालिका–५ का ३१ वर्षीय राजु श्रेष्ठलाई ४५ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

त्यसैगरी ब्यूरो विराटनगरले को ४ प ७४२ नम्बरको मोटरसाइकलमा सवार सुन्दरहरैचा–१० का २८ वर्षीय शुसान्त पोखरेल र पछाडि सवार सुन्दरहरैचा–९ का ३८ वर्षीय चेवन धिमाललाई विराटनगर–१६ बाट ११ ग्राम २२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

यस्तै, झापाको भद्रपुर–५ बाट वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर–४ का ३० वर्षीय पुरण विश्वकर्मालाई २ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

त्यस्तै, प्रहरी चौकी चारआलीले झापाको मेचीनगर–१३ बाट प्रतिबन्धित औषधी लोरी १६० ट्याब्लेट र ट्रामाडोल ६० ट्याब्लेटसहित मेचीनगर–३ का ३० वर्षीय प्रशान्त सेन्चुरीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सबै घटनाका सम्बन्धमा लागू औषध नियन्त्रण ऐन, २०३३ अनुसार मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here