कमल ।

झापाको कमल गाउँपालिकाका एक युवाले लोमो संघर्षपछि वडाध्यक्षको सनाखतमा नेपाली नागरीकता प्राप्त गर्न सफल हुनु भएको छ ।
गाउँपालिकाको वडा नम्वर १ वाह्विघेमा स्थाई बसोवास गर्दै आउनु भएका राकेश अधिकारीले वडाध्यक्ष केदार कटुवालको सनाखतमा नागरिकता पाउन सफल हुनुभएको हो ।
पछिल्लो समय नेपालको संविधानमा व्यवस्था भए अनुसार आमा बुवा विहिन वालवालिकाको नागरिकतामा वडाध्यक्षको सनाखतले नागरिकता बनाउन सकिने व्यवस्था भए बमोजिम चार वर्षदेखी नागरिकता बनाउन प्रयासरत अधिकारीले शुक्रवार ईलाका प्रशासन कार्यलय दमकका शाखा अधिकृत सुर्यमान बानिया द्वारा प्रमाणित गरिएको ०४–०२ –८२–०२८४० नम्बरको नागरिकता प्राप्त गर्न सफल हुनुभएको हो ।
बंशजको आधारमा नागरिकता पाउने कानुनी व्यावस्था भए पनि सनाखत गर्ने व्याक्ति नभएकाले नागरिकता पाउन बाट बन्चित नेपाली नगरिकालाई वडाध्यक्षको सनाखतमा नागरिकता बनाउन सकिने कानुनी व्यवस्था बनेपछि अब बुबा आमा विहीन नेपाली नागरिकले नागरिकता प्राप्त गर्न सहज भएको ईलाका प्रशासन कार्यलाय दमकका प्रमुख विश्वराज नेपालले बताउनुभयो
आर्थिक अवस्था अन्यन्तै न्युन भएका राकेशको जन्म २०५८ सालमा भएको थियो । राकेश ३ वर्ष हुँदा वहाँका बुबा बेद बहादुर अधिकारी बेपत्ता हुनुभएको थियो भने आमा विष्णुमाया ढकालको समेत मृत्यु भएकोले नागरिकतामा सनाखत गर्ने व्याक्ति नभएकोले राकेशले नागरिकता पाउन सक्नुभएको थिएन ।
वडा अध्यक्ष कटुवालले अफ्नो अघिल्लो कार्यकाल देखी नै राकेशको नागरिकता बनाउनकालागी ईलाका प्रशासन कार्यालय दमक र जिल्ला प्रशासन कार्यालय झापामा पटक पटक सिफारिस सहित प्रयास गर्दा सम्म नागरिकता बनाउन नसके पछि अदालत सम्म पुग्नु भएको थियो । तर अदालतले समेत काननुमा व्यवस्था नभएको भन्दै राकेशलाई खालिहात फकाई दिएको थियो ।
तर पछिल्लो समय वंशजको आधारमा आमा बुवा विहिन वालबालिकाको नागरिकतामा वडा अध्यक्षको सनाखतमा नागरिकता बनाउन सकिने व्यावस्था भएकोले राकेशले नागरिकता प्राप्त गर्नु भएको हो ।
अदाल सम्म पुग्दा पनि नागरिकता नपाएपछि जिवनमा अगाडी बढ्ने सबै ढोका बन्द भएको अवस्थामा नागरिकता प्राप्त संगै राकेशको जिवनमा धेरै खुशी आएको छ भने राकेशको नागरिकता बनाइ दिन आफु सफल भएकोमा अध्यक्ष कटुवाल समेत हर्षित हुनुभएको छ ।






























