तनहुँमा दैनिक ४० राहदानी वितरण

0
54

दमौली (तनहुँ),

जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको कोटा निर्धारण गरेको छ ।

कार्यालयमा हाल राहदानी विभागबाट एक वटामात्र स्टेशन प्राप्त भएको र सोही एक स्टेशनमार्फत् सेवा प्रवाह भइरहेकाले शुक्रबार बिहान १०ः३० बजेदेखि (प्रत्येक शुक्रबार) प्रत्येक हप्ताका लागि ४० वटाको सङ्ख्यामा राहदानीका लागि अनलाइन कोटा खोलिएको कार्यालयले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा कार्यालयमा भएको तोडफोड र आगजनीका कारण राहदानी शाखामा भएका विद्युतीय राहदानी सेवा सम्बन्धी सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो । राहदानी विभागबाट एकवटा मात्रै स्टेशन प्राप्त भएको र सेवाग्राहीको चाप उच्च रहेकाले विद्युतीय राहदानीका लागि आवेदन प्रविष्टि, प्रमाणित र वितरणका लागि कोटा निर्धारण गरिएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।

राहदानीको विषयमा अनाधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिहरुबाट हुनसक्ने ठगीबाट सावधान रहन कार्यालयले आग्रह गरेको छ ।

विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग भएको सम्झौता अनुसार आगामी फागुन ११ बाट राहदानी पुस्तिका सहज आपूर्ति हुने हुँदा अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीहरुले मात्र राहदानीका लागि आवेदन गर्न राहदानी विभागले सूचना जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here