करेन्ट लागेर एक ब्यक्तिको मृत्यु

0
64

झापा ।

झापाको मेचिनगर–४ बाहुनडाँगीमा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ ।

माछा पोखरीमा माछा मार्ने क्रममा शनिबार बिहान करेन्ट लाग्दा स्थानीय ५५ वर्षीय विकास प्रधान गम्भीर घाइते भएका थिए । उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा डाक्टरले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

प्रधानले हात्ती रोकथामका लागि पोखरी वरिपरि लगाइएको फेन्सिङ तारमा विद्युत् जडान गरी माछा मार्ने प्रयास गर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ ।

पोखरी छेउमा बाँधिएको एक गाईलाइ पनि करेन्ट लागी मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय काकडभिटाको टोली पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here