कमल ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल झापाको आयोजनामा अतिरिक्त क्रियाकलाप (ईसिए) अन्तर्गत हाजिरी जवाफ र आकस्मीक वक्तृत्वकला सम्पन्न भएको छ ।
“बालबालिकामा लगानी : सुनिश्चित भविश्यको थालनी” भन्ने नाराका साथ शनिवार शिवसताक्षी नगरपालिका झिलझिले स्थित एक रिसोर्टमा प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रम प्याब्सन झापाको अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभुत तह तर्फ हाजिरी जवाफ प्रतियोगिता तथा नेपाली र अंग्रेजी भाषामा आकस्मीक वक्तृत्वकला प्रतियोगिता भएको हो ।
हाजिरी जवाफ प्रतियोगिता तर्फ बुद्धशान्ति गाउँपालिका स्थित एरा ईभर ग्रिनका ससा मैनाली र आभास पौडेलको टिम प्रथम भएको छ । त्यस्तै विर्तामोड नगरपालिका स्थित न्युटन्स एकेडमीका दिपिका तिम्सिना र सत्कार खतिवडाको जोडी द्वतिय भएको छ भने बुद्धशान्ति गाउँपालिका स्थित जयपुर ईङ्गलिस स्कुल का दिव्यांशु अधिकारी र दिव्या अधिकारीको जोडी तृतिय भएको आयोजक व्याब्सन झपाले जनाएको छ ।

त्यसैगरी अंग्रेजी विषयमा आकस्मीक वक्तृत्वकला तर्फ बुघशान्ति गाउँपालिका स्थित एरा एभरग्रीन स्कुलका एन्जल खड्का प्रथम, कनकाई नगरपालिका स्थित नवयुग शिक्षा निकेतनका सेविना ओली र गौरदह नगरपालिका स्थित नमुना अंग्रेजी माध्यमिक विध्यालयका सम्पन्न बाबु कोईराला तृतिय हुनुभएको व्याब्सन झापाका सचिव लक्ष्मि प्रसाद उप्रेतीले जानकारी दिनुभयो ।
त्यस्तै नेपाली विषयमा आकस्मीक वक्तृत्वकला तर्फ दमक नगरपालिका स्थित एकता एकेडेमीकी परिधी शिवाकोटी प्रथम हुनुभएको छ । भने विर्तामोड स्थित निदी उच्च शिक्षा निकेतनकी एलिजा भट्टराई र झापा गाउँपालिका स्थित चन्द्रज्योती ईङ्गलिस स्कुलका निरोज पाठक तृतिय हुनुभएको सचिव उप्रेतिले बताउनुभयो ।

व्याब्सन झापाका अध्यक्ष छत्र बहादुर कार्कीको अध्यक्षता र शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राको प्रमुख अतिथ्यता तथा व्याब्सन कोशी प्रदेश सचिव गौरीमान फागो, जिल्ला बरिष्ठ सल्लाहकार प्रभु कुमार श्रेष्ठ, लगायतको उपस्थितीमा जिल्ला स्तरिय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको थियो ।































