ब्राउन सुगरसहित २ जना पक्राउ

0
50

झापा,

झापाको दमक नगरपालिका- ८ स्थितबाट लागू औषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले प्र.१-०१-०१४ प ८१६१ नम्बरको मोटरसाईकलमा सवार रहेका दमक-५ का २५ बर्षीय निराज सापकोटा र दमक-९ का २५ बर्षीय अरुण रोक्कालाई संका लागी चेकजाँच गर्दा उनिहरुको साथबाट ८ ग्राम १५ मिलिग्राम ब्राउन सुगर र नगद ३५ हजार रुपैया सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here