भोजपुर र धनकुटामा गाँजा फाड्दै प्रहरी

0
62

विराटनगर ।

भोजपुर र धनकुटाको बिभिन्न स्थानमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा रोपिएका अवैध गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरेको छ ।

भोजपुरको बिभिन्न स्थानमा इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर र ,अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले करिव नौ रोपनी क्षेत्रफलमा लगाएका एक हजार एक सय गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरेको छ ।

यता धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी पोष्ट मौनाबुधुकले चौबिसे गाँउपालिका–५ डाँडापाखाको २.५ रोपनी क्षेत्रफलमा रहेको पाँच सय ४५ वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here