बिप्लव झापाको विशेष विस्तारित बैठक सम्पन्न, सबै वडामा युवा सुरक्षा दस्ता गठन गर्ने

0
154

झापा, नेपाल कम्युनिस्ट पार्टी (बिप्लव) झापा जिल्ला समितिको विशेष विस्तारित बैठक दमक नगरपालिक–८ स्थित होटल गोर्खा इनको सभाहलमा सम्पन्न भएको छ।
बैठक जिल्ला इन्चार्ज सुमन सिंह पौडेलको अध्यक्षतामा तथा किराँत–लिम्बुवान प्रदेश समिति इन्चार्ज दिपेश राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा पार्टी केन्द्रीय सदस्य अर्जुन पाण्डे, जिल्ला सचिव संजय राई, युवा संगठन नेपालका प्रदेश इन्चार्ज सुबास राईलगायतका नेता–कार्यकर्तासहित करिब ३० जनाको उपस्थिति रहेको थियो।

बैठकले झापामा पार्टीको संगठनात्मक सुदृढीकरण, आगामी निर्वाचनमा सक्रिय सहभागिता तथा सर्वपक्षीय अन्तरिम नागरिक सरकारको पक्षमा रहने रणनीति सहितका विभिन्न प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।

बैठकका प्रमुख निर्णयहरू

१) सबै पालिकामा क्रियाशील संगठनलाई पार्टीको योजना अनुसार सुदृढ गर्ने ।
२) महासचिव विप्लवको उपस्थितिमा पहिचान पक्षधर, कम्युनिस्ट तथा जेनजीहरूसँग झापामा तीनवटा अन्तरक्रिया कार्यक्रम गर्ने ।
३) बैंक तथा वित्तीय संस्थाहरूले लिलामीमा पारेका घरपरिवारलाई संरक्षण गर्ने तथा उनीहरूको पक्षमा संघर्ष सञ्चालन गर्ने ।
४) झापाका सबै वडामा कोणसभा गर्ने ।
५) सुसिला कार्कीको राजिनामा, सर्वपक्षीय अन्तरिम सरकार, संविधान संशोधन र राज्यको व्यापक पुनर्संरचनाका नारा–मागलाई संघर्षको उच्चतामा उठाउने ।
६) निर्वाचनका कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुने तथा पार्टीमा आउन चाहने इमानदार व्यक्तिहरूलाई पनि उम्मेदवार बनाउने ।
७) सबै वडामा युवा सुरक्षा दस्ता गठन गर्ने ।
८) उत्पादन, उद्योग र व्यापारका कामहरूमा संस्थागत तथा व्यक्तिगत दुबै तरिकाले लाग्ने । पार्टीको आर्थिक नीति ‘एकीकृत स्वामित्व प्रणाली’मा आधारित रहने ।
९) राष्ट्रिय स्वाधीनता र जनजीविकासँग सम्बन्धित प्रश्नहरूमा समझौताहीन कडा संघर्ष सञ्चालन गर्ने ।
१०) जनतालाई भ्रमित गर्ने एनजिओ, आइएनजिओ तथा भ्रामक तत्वहरू विरुद्ध कडा र निर्मम संघर्ष गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here