मारवाडी महिला मञ्चको अध्यक्षमा पुनः निलम

0
95

बिर्तामोड, बिर्तामोडस्थित मारवाडी महिला मञ्च र मारवाडी युवती मञ्च बिर्तामोडको संयुक्त साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले आगामी दुई वर्षको कार्यकालका लागि निलम अग्रवाललाई पुनः अध्यक्षमा निर्विरोध अध्यक्ष चयन गरेको छ । अन्य पदाधिकारीहरूमा निर्मला अग्रवाल (प्रथम उपाध्यक्ष), मुनमुन अग्रवाल (द्वितीय उपाध्यक्ष), रिचा मङ्गल (सचिव), सोनु अग्रवाल (कोषाध्यक्ष), कमला अग्रवाल (सह–कोषाध्यक्ष), पिंकी कानोडिया र कान्ता अग्रवाल (सांस्कृतिक सचिव) रहेका छन्।

सदस्यहरूमा सारिका अग्रवाल, अन्जना सरिया, सोनी अग्रवाल, खुश्बू मन्त्री गोयल, बबली अग्रवाल र खुश्बू जैन निर्विरोध चयन भएका छन्। सह–सचिवको चयन आगामी कार्यसमितिको बैठकबाट गरिनेछ।
पूर्व अध्यक्ष रेणु मङ्गलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेपाल राष्ट्रिय मारवाड़ी परिषद, मारवाडी सेवा समिति, युवा मंच, अग्रसेन भवन र नेपाल अग्रवाल महिला मंचका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here