ॐ शान्ति डेण्टल हस्पिटलद्वारा स्मारिका स्कुलमा निःशुल्क डेण्टल शिविर

0
52

कमल ।

झापाको कमल गाउँपालिका ५ मा आज एक दिने निःशुल्क डेण्टल शिविर सम्पन्न भएको छ ।

कमल ५ स्थित स्मारिका सामुदायिक वोडिङ्ग स्कुलको आयोजनामा तथा ॐ शान्ति डेण्टल हस्पिटल दमक ५ को प्राविधिक सहयोगमा डेण्टल शिविर सम्पन्न भएको हो ।

स्मारिका सामुदायिक वोडिङ्ग स्कुलले हरेक ६–६ महिनामा आफ्ना विध्यार्थिको दन्त परिक्षण गर्ने गरेको र त्यसका लागी ॐ शान्ति डेण्टल हस्पिटल दमक बिच सम्झौता अनुसार विध्यालयमा अध्यायनरत विध्यार्थिको वर्षमा दुई पटक निःशुल्क डेण्टल परिक्षण गर्नुपर्ने सम्झौता अनुसार शिविर सञ्चालन गरिएको हस्पिटलले जनाएको छ ।

यसका साथै विध्यालयमा कार्यरत शिक्षक र अविभावकको दाँत सम्बन्धि कुनै समस्या भएर उपचार गर्नु पर्ने भएको सम्पुर्ण खर्चको २० प्रतिशत छुट सुविधामा उपचार गर्ने गरेको अस्पतालकाका सञ्चालक कमल प्रसाद गैरैले जानकारी दिनुभयो ।

विध्यालयमा अध्यायनरत विध्यार्थिलाई स्वास्थ्य दाँत सम्बन्धि जनचेतना दिनकालागी विध्यालयमा नै शिविरको आयोजना गरेका हौ । यस्ता शिविरले वालवालिकालाई सानै देखी नै आफ्नो आफ्नो स्वस्थ्य सम्बन्धि सचेत गराउनमा ठुलो सहयोग पुग्ने स्मारिका सामुदायिक वोडिङ्गकी सहायक प्रधानाध्यापक लिला न्यौपानेले बताउनुभयो ।

ॐ शान्ति डेण्टल हस्पिटल दमकका सञ्चालक कमल प्रसाद गैरेको नेतृत्वमा डेण्टल सर्जन डा.स्मारक दाहाल,डा.माल्लिका श्रेष्ठ र डा.अन्जली ठाकुरको टोलिले विध्यालयमा अध्यायनरत ८ सय ५० जना विध्यार्थिको निःशुल्क डेण्टल परिक्षणका साथै उपचार गर्नु भएको थियो ।

ॐ शान्ति डेण्टल हस्पिटलले कमलमा मात्र नभएर अन्य पालिकामा सन्चालन भएका विध्यालय लगायत विभिन्न संघ सस्थाको सहकार्यमा समेत दाँत सम्बन्धि निःशुल्क शिविर सञ्चालन गर्ने गरेको हस्पिटलका सञ्चालक गैरेल बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here