पत्रकार महासंघ झापा र वीरता जेसीजबीच मैत्रीपूर्ण फुटसल सम्पन्न

0
118

झापा , वीरता जेसीजको आयोजनामा जेसीज सप्ताह अन्तर्गत पत्रकार महासंघ झापा र वीरता जेसीजबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । मैत्रीपूर्ण वातावरणमा सम्पन्न खेलमा आयोजक वीरता जेसीज १२–४ गोलअन्तरले विजयी बनेको छ ।

कार्यक्रमको अध्यक्षता वीरता जेसीजका अध्यक्ष युवराज कुँवरले गरेका थिए । कार्यक्रममा झापा गोल्डकपका संस्थापक अध्यक्ष जलकुमार गुरुङ प्रमुख अतिथि थिए भने वीरता जेसीजका खेलकुद संयोजक विवेक खड्काले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव विज्ञानराज पौडेलले गरेका थिए ।

यता जेसीज आस्था अमरजीत साहले गरेका थिए । उनी वीरता जेसीजका कानुनी सल्लाहकार हुन् ।
कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले शुभकामना मन्तव्य राखेका थिए ।


फुटसल कार्यक्रममा नेपाल पत्रकार महासंघ तेह्रथुमका निर्वतमान अध्यक्ष अमृत वास्तोला, वीरता जेसीजका पूर्व अध्यक्ष सजेश शिवाकोटी,पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल , अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन धिमाल, गमस्त स्पोट्र्स हवका सञ्चालक विजय कार्की, झापा कपका सचिव सीएम खनाल, कनकाई क्याम्पस स्ववियू अध्यक्ष किरण गुरुङ तथा समाजसेवी आनन्द गुरुङ लगायत सहभागी थिए । उनीहरुले खेल मैत्रीपूर्ण र उत्साह जनकरुपमा सम्पन्न भएको जनाएका थिए ।

मैत्रीपूर्ण फुटसलमा वीरता जेसीजले उत्कृष्ट प्रदर्शन गर्दै १२ गोल गरेको थियो भने नेपाल पत्रकार महासंघ झापाले ४ गोल फर्काएको थियो ।
खेलमा ‘प्लेयर अफ द म्याच’ पत्रकार प्रदीप परियार घोषित भए । उनी नेपाल पत्रकार महासंघ झापाका सचिवसमेत हुन् । उनलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।


उत्कृष्ट गोलकिपरको उपाधि वीरता जेसीजका ध्रुव भण्डारीले हात पारे । उनलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
यता विजेता टिम बनेको वीरता जेसीजलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो भने उपविजेता नेपाल पत्रकार महासंघ झापालाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
जेसीज सप्ताहअन्तर्गत यो छैठौं कार्यक्रम भएको आयोजकले जनाएको छ । जेसीज सप्ताह गत कात्तिक २८ गतेबाट सुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here