खोलामा डुबेर एक जनाको ज्यान गयो

0
58

सुनसरी।

सुनसरी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । बाला चतुर्दशी मेलाका लागि रामधुनी मन्दिर पुगेका तीर्थालुमध्ये नुहाउने क्रममा आज दुई जना डुबेका थिए ।

त्यसमध्ये एक जनाको मृत्यु भएको र एक जनाको प्रहरीले जीवितै उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

प्रवक्ता खड्काका अनुसार आज बिहान करिब २ः३० बजेतीर नुहाउन पुगेका तीन जनामध्ये मोरङ सुन्दरहरैँचा–३ का ४१ वर्षीय देवेन्द्र भट्टराईको खोलामा डुबेर मृत्यु भएको अवस्थामा प्रहरीले शव फेला पारेको उनले बताए ।

इनरुवा नगरपालिका–५ का ५८ वर्षीय भीमराज काफ्लेलाई भने प्रहरीले जीवितै उद्धार गरी स्थानीय अस्पतालमा उपचारपछि दिउँसो घर पठाएको छ । त्यसैगरी, इटहरी उपमहानगरपालिका–१३ का रोहित काफ्ले खोलामा डुबेको केही समयमा आफैँ निस्किनुभएको प्रवक्ता खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here