झापामा दुई फरार प्रतिवादी अलग–अलग स्थानबाट पक्राउ

0
50

झापा, झापाका अलग अलग दुई स्थानबाट दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत झापाको फैसला कार्यान्वयन गर्ने क्रममा ३ महिना कैद र दुई सय रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी ४३ वर्षीय इश्वर (इश्वरी) मैनाली पक्राउ परेका हुन् । उनी कनकाई–३, बुद्धचोकबाट पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी सहायक निरीक्षक रामेश्वर सुनरैत यादवको कमाण्डमा तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले मैनालीलाई उनकै घरबाट पक्राउ गरेको हो ।
त्यस्तै चोरी मुद्दामा ७ महिना कैद तथा पाँच हजार जरिवाना तोकेर फरार रहेका जोसेफ किसनपनि पक्राउ परेका छन् । उनी मेचीनगर ९ बाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उत्तम कटुवाल र इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी सहायक हवल्दार पुष्प बास्कोटाको कमाण्डमा खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । उनीहरु दुवैजनालाई जिल्ला अदालत झापा वुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here