दियो बाल्ने संस्कारको विकास गर्दै इक्यान झापा

0
214

बिर्तामोड ।

नेपालमा पश्चिमा संकृतिको सिको गर्दै जन्मोत्सव लगायतका कतिपय शुभकार्यमा केक काट्दै दियो निभाउने प्रचलन बढी रहेका बेला नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले भने दियो बाल्दै हौसला प्रदान गर्न शुरु गरेको छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले इकयानमा आवद्ध सदस्यहरुको जन्मोत्सवमा केक काटेर दियो निभाउने भन्दा पनि दियो बालेर दहि खुवाउने प्रचलन शुरु गरेको छ । कुनै पनि शुभ कार्यमा दहिलाई पवित्र मानिन्छ ।

जन्मोत्सव भनेको एउटा जीवनको उर्जा हो, त्यो उर्जालाई दियो निभाएर होइन दियो बालेर सबैमा सञ्चार गर्नुपर्छ भन्ने उद्धेश्यले इक्यान झापाले जन्मोत्सव लगायतका शुभकार्यमा दियो बाल्ने प्रचलन शुरु गरेको इक्यान झापाका कार्यसमिति सदस्य एवम् अतिरिक्त विभाग प्रमुख सरोज खरेलले बताए ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको कार्यलयमा आफ्ना सदस्यहरुको जन्मोतसव मनाउन शुरु गरेको र त्यसमा पनि फरकपन ल्याउन दियो बालेर दहि खुवाउन शुरु गरेको अतिरिक्त विभाग प्रमुख खरेलको भनाई छ ।

यसैक्रममा इक्यान झापाले बुधबार मात्रै दियो बालेर इक्यान झापाका सदस्य भिष्म दाहाल र प्रेस संयोजक नरेन्द्र ढकालको जन्मोत्सव मनाएको छ । इक्यानका संजय पौड्यालले केक काटेर बात्ति निभाउनुभन्दा दियो बालेर उर्जा भर्नुपर्छ भन्ने सुझाव दिए लगत्तै उक्त कार्यको थालनी गरिएको बताइएको छ ।

पानसमा दियो बालेर जन्मोत्सव मनाउन शुरु गरेको भन्दै इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेलले यो कार्य उत्कृष्ट र सरहानीय भएको भन्दै अतिरिक्त विभागको टिमलाई विशेष धन्यवाद दिए । चिकित्सकका अनुसार केकलाई स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिदैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here