सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
गस्तीमा खटिएको प्रहरी टोलीले इनरुवा–४ स्थित भित्री सडकखण्डबाट प्र १–०२–००४ ह १७७६ नम्बरको सिटी सफारी रोकी जाँच गर्दा लुकाइ–छिपाइ राखिएको १० किलोग्राम ५४० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजासहित पक्राउ परेका व्यक्तिमा हरिनगर–४ का सिटी चालक अजमल अन्सारी र सिटीमा सवार अमिर अन्सारी रहेका छन्। दुबैजनालाई नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यसैबीच, प्रहरी चौकी घुस्किहाटले हरिनगर–७ स्थित सडक छेउमा बोरामा बेवारिसे अवस्थामा राखिएको १२ किलोग्राम १३० ग्राम गाँजा फेला पारी बरामद गरेको छ।
पक्राउ परेकाहरूविरुद्ध कानूनी कारबाही अगाडि बढाइएको छ भने बेवारिसे गाँजासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।































