अर्जुनधारामा बिजुली सर्टबाट गाईगोठमा आगलागी, १३ लाखभन्दा बढीको क्षति

0
61

झापा ।
झापाको अर्जुनधारा नगरपालिका–१० चोथाईस्थित बलबहादुर दाहालको गाईगोठमा विद्युत् सर्ट भई लागेको आगलागीले ठूलो क्षति पु¥याएको छ। शुक्रबार राति ११ः३० बजे सुरु भएको आगोले गोठभित्र रहेका १० वटा खासि–बाख्रा, ५० वटा बोइलर कुखुरा तथा गोठ पूर्णरूपमा जलेर नष्ट हुँदा करिब १३ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

आगो लागेपछि बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकाका दमकल, प्रहरी टोली तथा स्थानीयबासीको सहयोगमा सञ्चालन गरिएको प्रयासपछि बिहान करिब २ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो।

आगो निभाउने क्रममा गोठधनी दाहालकी ४२ वर्षीया श्रीमती छत्र कुमारी थापाका दुवै हात पोलिएका छन्। त्यस्तै, नजिकैकी ७० वर्षीया भिमादेवी भण्डारी आगोबाट बच्न खोज्दा लडेर दाहिने हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। दुवै जनालाई शनिश्चरेस्थित शंकर अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।

विद्युत् सर्टकै कारण आगलागी भएको प्रारम्भिक अनुमान गरे पनि घटनाबारे थप विवरण संकलन तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here