रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा झापामा एक जनाको मृत्यु

0
312

झापा। सडक किनारमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा झापामा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् ।
झापाको मेचीनगर–१५ हेल्दुबारीस्थित भित्री सडक खण्डमा गएराति भद्रपुरबाट इटाभट्टातर्फ जाँदै गरेको प्र.१–०१–०१३ प ३३३६ नं.को मोटरसाइकलले सडक छेउमा रोकीराखेको प्र.१–०१–००१ त ९९७७ नं.को ट्याक्टरलाई ठक्कर दिंदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक ३८ वर्षीय बिनोद राउत र पछाडि सवार २१ वर्षीय निश्चल भुजेल गम्भीर घाइते बनेका थिए । घाइते दुवै जनालाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित वीएण्डसी अस्पताल ल्याइएको थियो ।
तर, उपचारको क्रममा राति मोटरसाइकल चालक राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिनुभयो । मोटरसाइकलमा पछाडि सवार भुजेलको भने उपचार जारी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here