बिर्तामोड ।

नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको संयोजनमा ब्रिटिस काउन्सिलद्धारा आयल्स सुपर सेमिनार सम्बन्धि एक दिवस तालिम सम्पन्न भएको छ ।
इक्यान झापामा आवद्ध (आई.इ.एल.टी.एस) आयल्स टिर्चसहरुलाई आयल्स सुपर सेमिनार प्रशिक्षण प्रदान गरिएको हो । बिर्तामोड–५ स्थित होटल होलिडे होममा भएको कार्यक्रममा ब्रिटिस काउन्सिलकी मास्टर ट्रेनर ऋर्चा रेग्मीले प्रशिक्षण दिएकी थिइन् ।

तालिममा अन्तर्राष्ट्रिय अंग्रेजी परीक्षाको विषयमा प्रश्न कसरी विकास गरिन्छ र विश्वविद्यालयले अंग्रेजी परीक्षालाई कसरी मर्यादित र व्यवस्थित बनाउँछ भन्नेबारे प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणमा इक्यान झापामा आवद्ध आयल्स शिक्षकहरुको सहभागिता रहेको नेपाल शैक्षिक परामर्श संघ झापाका कार्य समिति सदस्य एवम् तालिम विभाग प्रमुख नवीन बोहोराले जानकारी दिए । तालिममा करिब ५० भन्दा धेरै शिक्षकहरुको सहभागिता रहेको थियो ।

ब्रिटिस काउन्सिलद्वारा बेलायतमा शैक्षिक अध्ययनका लागि जाने प्रक्रिया तथा शैक्षिक अवस्थाका बारेमा जनाइएको छ ।तालिममा सहभागिहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।





























