झापा,हल्दीबारी गाउँपालिकामा आज निर्माण व्यवसायीहरूसँग बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिकाभित्र निर्माणाधीन विभिन्न आयोजना तथा तिनको प्रगति, समयमै सम्पन्न गर्नुपर्ने आवश्यकताबारे गहन विचार–विमर्श भएको छ।
गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले आयोजना गुणस्तरीय र निर्धारित समयभित्र सम्पन्न गर्न विशेष निर्देशन दिए ।
कार्यक्रममा अध्यक्ष लिङ्देन उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानवहादुर बन ‘महेन्द्र’ वडा अध्यक्षहरू, शाखा प्रमुख, निर्माण व्यवसायी तथा प्राविधिकहरूको उपस्थिति रहेको थियो।
निर्माण व्यवसायीहरूले पनि समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।































