झापा ।
नेकपा एमालेको आसन्न एघारौँ महाधिवेशन प्रतिनिधि छनौटका लागि झापा क्षेत्र नम्बर २ वाट छनाैट हुने एक जना युवा प्रतिनिधिका लागि युवा नेता बुद्धशान्ति गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १का निर्वाचित वडा अध्यक्ष अनिल वाग्लेले उम्मेद्बारी दिएका छन् ।
काठमाडौंमा हुने एमालेकाे आसन्न ११ औं महाधिवेशनका लागि उनले युवा काेटाबाट चयन हुने एक प्रतिनिधिका लागि उम्मेद्बारी दिएका हुन् । ४० बर्ष मुनिका युवालाई पनि महाधिवेशनमा काेटा नै छुट्याएर प्रतिनिधि माग भएपछि याे पटक युवाकाे संख्या पनि महाधिवेशनमा बढ्ने देखिएकाे छ ।
१५ बर्ष पत्रकारिता गरि राजनितीमा आएका युवा नेता वाग्ले जुझारु र सकृय जनप्रतिनिधिका रूपमा चिनिएका छन् । हरेक आर्थिक बर्ष धेरै याेजना तथा वजेट वडामा ल्याएर विकास प्रेमी जनप्रतिनिधिका रुपमा चर्चा कमाएका उनी सालिन र तार्किक युवा नेताका रूपमा चिनिनु भएकाे छ ।
उदयमान नेताका रूपमा पहिचान बनाउँदै गरेका वाग्लेलाई वैचारिक र राजनितिक सुझवुझ भएका युवाका रूपमा लिने गरिएकाे छ ।

























