झापा।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले संगठनलाई सुदृढीकरण गरेर लैजानुपर्ने बताएका छन् ।
झापा शाखाले आयोजना गरेको कार्यसमिति सुदृढीकरण तथा अन्तरक्रिया कार्यक्रम केन्द्रीय भट्टराईले संगठन सञ्चालन, शाखा–केन्द्र समन्वय, जिम्मेवारी र अधिकार तथा प्रभावकारी कार्यशैलीका विषयमा आवश्यक निर्देशन दिए ।
उनले नैतिक परामर्श सेवा, पारदर्शी कार्य पद्धति, जिम्मेवार नेतृत्व, र स्थानीय–केन्द्रीय सहकार्यलाई संगठनको दीर्घकालीन स्थिरताको आधारस्तम्भका रूपमा प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय शिक्षाका बदलिँदो परिवेश र चुनौतीहरूको बीचमा शाखाहरू लक्ष्य–उन्मुख, सक्षम र उत्तरदायी बन्नुपर्ने आवश्यकताका विषयमा स्पष्ट पार्दै यसका लागि केन्द्र निरन्तर सहयोगी रहने प्रतिबद्धता ब्यक्त गरे ।
इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी भट्टराईलाई झापा शाखाले अध्यक्ष भट्टराईप्रति धन्यवाद व्यक्त गर्दै, प्राप्त निर्देशन र सुझावले शाखाको आगामी कार्यदिशा अझ केन्द्रित, प्रभावकारी र परिणाममुखी बन्ने विश्वास प्रकट गरेको छ।
इक्यान झापा शाखाका अनुसार, केन्द्रीय नेतृत्वबाट प्राप्त मार्गदर्शनले जिल्लास्तरमा परामर्श सेवामा गुणस्तर, सुशासन र संगठनात्मक ऐक्यबद्धता मजबुत बनाउन निर्णायक मार्गदर्शन प्रदान गरेको शाखाका अध्यक्ष कार्कीले बताए ।
कार्यक्रममा इक्यान झापाका उपाध्यक्ष अशोक भण्डारी, सचिव विशाल सिटौला, कोषध्यक्ष तुलसी पाठकका साथै कार्यसमिति सदस्यहरु सरोज खरेल, नबीन बोहोरा, माहेन पराजुली र निशा दुलाल लगायतको उपस्थिती रहेको थियो ।































