झापा । नेकपा एमालेको आगामी मंसीर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुन लागेको ११ औँ महाधिवेशनका लागि झापा क्षेत्र नम्वर ३ बाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

यो निर्वाचन क्षेत्रमा ६ जना महाधिवेशन प्रतिनिधिका लागि १८ जनाको प्रतिष्पर्धा रहेको थियो । जसमा खुल्ला तर्फ वशन्त वानिया , छविलाल चुडाल, त्रिलोचन सापकोटा निर्वाचित भए ।

त्यस्तै महिला तर्फ कल्पना रेग्मी र शान्तादेवी शिवाकोटी खरेल निर्वाचित भइन् । यता युवा तर्फ अग्नि प्रसाल सापकोटा (अनिल) निर्वाचित भएका छन् । खुल्ला तर्फ निर्वाचित वानिया पूर्व कोशी प्रदेश सभा सदस्य हुन् । त्यस्तै चुडाल कोशी प्रदेश सभा सदस्य हुन् भने त्रिलोचन सापकोटा हल्दिवारी गाउँपालिका १ का पूर्व वडाध्यक्ष हुन् ।
यता महिला सदस्यमा निर्वाचित शिवाकोटी वाह्रदशी गाउँपालिका उपाध्यक्ष हुन् । युवामा निर्वाचित सापकोटा पार्टीको वाह्रदशी गाउँकमिटी अध्यक्ष हुन् ।




























