सालनालसहितको मृत शिशु फेला

0
22

झापा । झापामा आज सालनालसहितको बेवारिसे शिशु मृत अवस्थामा फेला परेको छ ।

झापा गाउँपालिका ५ पन्थापारामा नवजात शिशूको शव फेला परेको हो । पन्थापारा प्रहरी चौकीदेखि करिव १५० मिटर उत्तर नवजात शिशुको शव भेटिएको हो । स्थानीयवासीहरुले दिउँसो कुकुरले सालनालसहितको मृत शिशुलाई घिसारेको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । कुकुरले शिशुको टाउकोदेखि मुनिको आधा शरीरको भाग खाइसकेको थियो ।

शिशुको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here