एमाले महाधिवेशन प्रतिनिधि छनोट : झापामा १, ३, ४ र ५ मा नतिजा सार्वजनिक, क्षेत्र–२ को गणना रोकिँयो

0
311

झापा ।  नेकपा एमालेले झापामा ११औँ राष्ट्रिय महाधिवेशनका लागि क्षेत्र नं. २ बाहेक सबै क्षेत्रमा प्रतिनिधि चयनको नतिजा सार्वजनिक गरेको छ।

शनिबार सम्पन्न मतदानपछि क्षेत्र नं. १, ३, ४ र ५ को मतगणना सकिएको हो। क्षेत्र नं. २ भने विवादका कारण आइतबार बिहानसम्मका लागि गणना स्थगित गरिएको पार्टी स्रोतले जनाएको छ।

🔹 झापा–१ : दुई महिलासहित ६ प्रतिनिधि निर्वाचित

खुल्लातर्फ राजु पोखरेल, असारु राजबंशी र लक्ष्मी राई
महिलातर्फ रमा भण्डारी र जानुका ओली
युवातर्फ दीपक बराल निर्वाचित

🔹 झापा–३ : दुई महिलासहित ६ प्रतिनिधि

खुल्लातर्फ छविलाल चुडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ
महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल
युवातर्फ अग्नि प्रसाद सापकोटा निर्वाचित

🔹 झापा–४ : दुई महिलासहित ७ प्रतिनिधि

खुल्लातर्फ रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी सावा र हिमबहादुर कार्की
महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल
युवातर्फ रोशन सुबेदी निर्वाचित

🔹 झापा–५ : खुल्ला, महिला र युवा गरी ९ प्रतिनिधि चयन

खुल्लातर्फ अम्विका प्रसाद खनाल, शिव दुगेल, होमबहादुर थापा, तुलसी कार्की
महिलातर्फ अम्बिका देवी अधिकारी (गीता), नर्वदा उप्रेती गौतम, लिला ढुंगेल दाहाल
युवातर्फ युवराज पौडेल (विवश) निर्वाचित

झापामा दुई दलितसहित ३८ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। दलिततर्फ सर्वसम्मत भएपछि बाँकी ३६ सिटका लागि भएको प्रतिस्पर्धामा ९५ जना उम्मेदवार उठेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here