पथरी शनिश्चरे,

प्याब्सन पथरी शनिश्चरे नगरस्तरीय भलिबल प्रतियोगिताको उपाधि एभरेष्ट बोर्डिङ्ग स्कुलले उचालेको छ भने रेडस्टार अंग्रेजी माध्यमिक विद्यालय ‘फर्स्ट रनर अप’ बनेको छ।
शनिबार भुपु सैनिक अंग्रेजी माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा छात्र र छात्रा दुवै भलिबल प्रतियोगिताको उपाधि एभरेस्ट बोर्डिङ स्कुलले उचालेको हो।
पथरी शनिश्चरे नगर क्षेत्रका कुल १० वटा छात्र टिम र ८ वटा छात्रा टिमले भाग लिएको सो नगरस्तरीय भलिबल प्रतियोगिताको फाइनलमा दुवै विद्यालय पुग्न सफल भएका थिए।
आजको दुवै छात्र तथा छात्रा भलिबल प्रतियोगितामा ‘बेष्ट अफ थ्री’ नियम अनुसार रेडस्टार माविलाई सोझो सेटमा पराजित गर्दै एभरेष्ट अङ्ग्रेजी बोर्डिङ स्कुलले विजय हासिल गरेको हो।
प्रतियोगिताका विजेता एभरेष्ट बोर्डिङ स्कुल र फर्स्ट रन अफ बन्न सफल रेडस्टार माविका खेलाडीहरूले आगामी मंसिर १८ र १९ गते हुन गईरहेको जिल्ला स्तरीय प्रतियोगिताहरूमा सहभागिता जनाउने प्याब्सन नगर कार्य समिति पथरी शनिश्चरेका अध्यक्ष सन्तोष बस्नेतले जानकारी दिनुभयो।
आज विजयी दुवै टिमका खेलाडीहरूलाई आगामी मङ्सिर अन्तिम शुक्रबार र शनिबार प्याब्सन नगर स्तरीय फुटबल प्रतियोगिताको एक भव्य समापन समारोहमा पुरस्कृत गरिने पनि उहाँले जानकारी दिनुभयो।
यसैगरी, पथरीको शनिश्चरे बजारमा केवल टेनिस प्रतियोगितातर्फ मेरीगोल्ड अंग्रेजी बोर्डिङ स्कुल प्रथम र प्याराडाइज बोर्डिङ स्कुलले दोस्रो स्थान हासिल गरेको प्याब्सन नगर कार्यसमिति पथरी शनिश्चरे अध्यक्ष बस्नेतले जानकारी दिनुभयो।
स्मरणीय यो छ कि, पथरी शनिश्चरे वडा नं १ र २ का यि छिमेकी एभरेष्ट अङ्ग्रेजी विद्यालय र रेडस्टार माध्यमिक विद्यालय गत हप्तामा सम्पन्न भएको प्याब्सन नगरस्तरीय लोक नृत्य प्रतियोगितामा पनि पहिलो र दोस्रो रनर अप घोषित भएका थिए।































