जेनजी आन्दोलनमा लुटिएका हतियारका गोली फेला

0
39

झापा, झापाको दमक नगरपालिका–७ स्थित पशुहाट बजार क्षेत्रमा प्रहरीले बेवारिसे अवस्थामा गोली फेला पारेको छ ।
जेनजी आन्दोलनका क्रममा लुटिएका गोली प्रहरीले फेला पारेको हो । स्थानीयवासीले सेतो प्लास्टिकका पोकाभित्र गोली देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। जनकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएको थियो।
प्रहरीले ७.६२ मि.मि.को .३०३ राइफलका ८ थान राउण्ड र ५.५६ मि.मि. क्ष्ल्क्ब्क् राइफलका ५० थान राउण्ड फेला परेको जनाएको छ ।
वरामद गरिएका ५८ राउण्ड गोली आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here