झापा । इलाका प्रहरी कार्यलय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाको भवन पुननिर्माणमा चौलागाई परिवारले आर्थिक सहयोग गरेका छन् ।
बाहदर्शी गाउँपालिका ७ स्थायी घर भएका लोकनाथ चौलागाई, डिकुरा देवी चौलागाई छोरा प्रेम चौलागाई ,महेन्द्र चौलागाई, देवेन्द चौलागाई सहितले परिवारको तर्फवाट नगद एक लाख १ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
उक्त रकम पुननिर्माण अभियानका अगुवा बिपिन बजगाँई, रमेश चौधरी, सन्तोष राजवंशी लगायतलाई प्रहरी कार्यालय चौलागांई परिवारले हस्तान्तरण गरेका थिए । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दुवै वटा प्रहरी कार्यालयमा ठूलो क्षति पुगेको थियो ।




























