लागू औषध ब्राउनसुगरसहित चार जना पक्राउ

0
58

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–१ स्थित पश्चिम बस स्टेशनी क्षेत्रमा लागू औषध ओसारपसार तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले चार जनालाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।

मंगलवार दिउँसो १ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले एक–आपसमा कुराकानी गर्दै गरेको अवस्थामा कोशी गाउँपालिका–५ का ३६ वर्षीय साहबुदिन आलम, इटहरी उप–महानगरपालिका–१८ का २० वर्षीय मोहम्मद साबिर, तथा वर्ष २४ का रहमत अली र मोहम्मद असलमलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले गरेको चेकजाँच का क्रममा मोहम्मद असलमको साथबाट ब्राउनसुगर जस्तो देखिने १४१.४६० ग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

फेला परेको उक्त पदार्थसहित चारै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here