काठमाडौं, प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यलाई बैंकिङ कसूर आरोपमा पक्राउ गरेको छ।
शाक्यमाथि प्रभु बैंक लिमिटेडलाई हानी–नोक्सानी पु¥याउने उद्देश्यले विभिन्न कम्पनीका नाममा करोडौँ रकम कर्जा प्रवाह गराई दुरुपयोग गरेको आरोप छ।
सीआईबीका अनुसार शाक्यले कर्जा दुरुपयोगसँग सम्बन्धित अपराधलाई लुकाउन समेत प्रयत्न गरेको अनुसन्धानमा देखिएको बताइएको छ । उनलाई आज ललितपुरको जावलाखेल–मनिमण्डल क्षेत्रबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।































