झापा , झापाको दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा एक व्यक्तिमाथि खुकुरी प्रहार गर्ने युवा पक्राउ परेका छन् ।
मंगलबार राति करिब ९ बजे बेलडाँगी शिविर सेक्टर–बि ३, हट नम्बर २०० मा बस्ने २९ वर्षीय प्रदीप विश्वकर्मामाथि खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
प्रहरीका अनुसार सोही शिविरको सेक्टर–मि २, हट नम्बर १६६मा बस्ने ४८ वर्षीय मंगलसिंह राईले सामान्य भनाभनपछि एक्कासी खुकुरी प्रहार गरेका थिए। प्रहारबाट प्रदीपको घाँटीको बायाँ भागमा चोट लागेको र अवस्था बोल्न सक्ने मध्यम रहेको दमक अस्पतालले जनाएको छ। घटनापछि प्रहरी टोलीले राईलाई प्रयोग गरिएको खुकुरीसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।






























