विराटनगर । दक्ष प्राविधिक बनेर देशमै आफनो क्षमता देखाउन जनशक्त्ति बन्न आग्रह गर्दै मनमोहन पोलिटेक्निकले ईन्जिनियरिङतर्फको तीन बर्षे तहका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको छ ।
बुधबार हात्तीमुढा स्थित कलेजमा कार्यक्रम आयोजना गरि सिभिल , आइटी , मेकानिकल , ईलेक्ट्रिक र ईलेक्ट्रिोनिक्स ईन्जिनियरिङका नयाँ विद्यार्थीहरुलाई देश सुहाउँदो ईमान्दार दक्ष जनशक्त्ति बन्नु आग्रह गर्दै अभिमुखिकरण गराएको हो ।
मनमोहन प्राविधिक विश्वविद्यालयका संरक्षण समिति सदस्य तथा सिनेट सत्यनारायण चौधरीले पढेर मात्र हैन गरेर दक्ष बन्ने विद्यार्थी बनेर देशकै रोजगार गरेर सेवा दिन नयाँ विद्यार्थीहरुलाई आग्रह गरे । उनले मनमोहन पोलिले चार पटक सम्म देशकै उत्कृष्ट प्राविधिक शिक्षालयको सम्मान पाइसकेकोले अध्यन गर्ने कसैको पनि लगानी खेर जादैन भने । अर्का संरक्षण समिति सदस्य राजनकेसीले अध्यन गर्ने विद्यार्थीहरुले अनुशासन पालना गरेर अध्यन गरेमात्र लिएको लक्ष्य प्राप्त गर्नसक्छन भने ।
सिनेट बलभद्र सरदार र कासिम मियाँले पढेर देशमै रोजगार हुनसकेमात्र नागरिकहरुको कर्तव्य पुरा हुन्छ भने । मनोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ ईन्जिनियरिङ तथा एप्लाईड हेथ्थ साईन्सकी डिन डा रेखा शर्माले देशमा भएका सक्षम विज्ञ ईन्जिनियरहरुको पृष्ठभुमी पनि डिप्लोमा तहमा अध्यन गरेको भएकोले पोलिटेक्निकमा पढने विद्यार्थीहकरु पनि भविश्वमा सफल ईन्जिनियर बन्नसक्ने बताइन । उनले डिप्लोमा तहमा ईन्जिनियरिङ पढने विद्यार्थीहरुलाई उच्च शिक्षा पढन पनि धेरै सहज हुन्छ भनिन ।
मनोहन पोलिटेक्निकका प्रचार्य सुदिय अधिकारीले पोलिटेक्निकले सधै दक्ष जनशक्त्ति उत्पादन गर्न गुणस्तरिय व्यवहारिक पठनपाठनमा प्राथमिकता दिएकै कारण चार पटक सम्म देशकै उत्कृष्ट शिक्षालय बन्न सफल भएको बताए । उनले पोलिटेक्निकमा अध्यनरत विद्यार्थीहरु कसैले पनि बेरोजगार बस्नुपनेर्् र स्वदेशमै सहजै रोजागर प्राप्त गर्नेसक्ने र गरिरहेको दाबी गरे ।
उत्प्रेरक नेपाल प्रहरीका सई अशोक कार्कीले मनैदेखी सबैले देशलाई माया गर्न सकेमात्र पढेर दक्ष नागरिक बनेको यर्थाथमा परिणत हुन्छ भने ।
भारत सकारसँग २०६२ मा सम्झौता भई २०६५ देखी मेकानिकल इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल अनि क्रमश सिभिल र आइटी ईन्जिनियरिङमा तीन बर्षे डिप्लोमा सञ्चालन गर्दै आएको मनमोहन पोलिटेक्निक हाल कोशी सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालयका रुपमा रहेको छ ।





























