प्रथम गछिया गोल्डकप–२०८२: जलथल फुटबल क्लबलाई टाइब्रेकरमा हराउदै गाईघाट युनाइटेड सेमिफाइनल प्रवेश

0
29

सुन्दरहरैचा(मोरङ),

सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनी प्रथम गछिया गोल्डकप–२०८२को तेस्रो खेलमा गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार गाईघाट युनाइटेड र जलथल फुटबल क्लब झापाबीच भएको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–३ का वडा अध्यक्ष विदुर प्रसाद ढुंगाना थिए । खेलको २८ औँ मिनेटमा जलथल फुटबल क्लबका जर्सी नम्बर २१ निश कुमार श्रेष्ठले पहिलो गोल गर्दै अग्रता दिलाए ।

त्यसको एक मिनेटमै गाईघाटका जर्सी नम्बर १३ विनोद राईले बराबरी गोल फर्काए । निर्धारित समयभर खेल १–१ को बराबरीमा रोकिएपछि टाइब्रेकरमा जलथल विरुद्ध १ का विरुद्ध ४ गाेल गर्दै गाईघाट प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गाेल्डकपकाे सेमीफाइनलमा प्रवेश गरेकाे छ। निर्धारित समयमा १-१ गाेल गरी खेल बराबरीमा टुङ्गिएपछि खेलकाे निर्णय टाइब्रेकरबाट गरिएकाे थियाे ।

आजको ‘म्यान अफ द म्याच’ गाईघाट युनाइटेड फुटबल क्लबका किपर रेम्बो चौधरी घोषित भएका छन् । उनलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । पहिलो खेलमा सहलेश युवा क्लब सिराहा र दोस्रो खेलमा आयोजक गछिया युवा समाज सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको चौथो खेल भोलि दिउँसो ३ बजे राष्ट्रिय जागृती फुटबल क्लब इटहरी र दमक फुटबल क्लबबीच हुने खेल संयोजक प्रलाद थोप्रा लिम्बुले जानकारी दिए ।

प्रतियोगितामा विजेता टोलीलाई २ लाख १ हजार, उपविजेतालाई १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’लाई २५ हजार, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै, सुन्दरहरैंचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान र शारीरिक अपांगता भएका २ नागरिकलाई व्हिलचेयर प्रदान गरिनेछ ।

दीर्घकालीन योगदान दिएका स्थानीय खेलाडीहरूलाई पनि सम्मान गरिने गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बताए । प्रतियोगिता २२ गतेसम्म सञ्चालन हुनेछ । गोल्डकपमा कुल ८ टोली सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here