झापा, झापाको दमकमा हिँड्दाहिँड्दै बाटोमै लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मङ्गलबार साँझ दमक–५ क्याम्पस मोड क्षेत्रमा हिँडिरहेका एक वृद्ध अचानक लडेर घाइते भएका थिए।
घटनापछि स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि नजिकैको निम्स अस्पताल पुर्याए पनि उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार अस्पतालले मृत घोषणा गरेका वृद्ध अर्जुनधारा–४ का ६२ वर्षीय युवराज पौडेल रहेका छन्।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।





























