सुन्दरहरैंचा(मोरङ),

सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२को चौथो खेलमा राष्ट्रिय जागृती फुटबल क्लब इटहरी सेमिफाइनलमा प्रवेश गरेको छ।
आज राष्ट्रिय जागृती फुटबल क्लब इटहरी र दमक फुटबल क्लब बीच भएको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–४ का वडा अध्यक्ष कैलाश बस्नेत रहेका थिए । खेल पहिलो हाफको १३ औँ मिनेटमा राष्ट्रिय जागृती फुटबल क्लब इटहरीका जर्सी नम्बर १८ प्रवेश बस्नेतले १ गोल गरे त्यस्तै दोस्रो हाफको ३९ मिनेटमा जर्सी नम्बर १० का योगेन्द्र कार्कीले १ गोल गरे संगै टिमको तर्फवाट २ गोल गरे ।
निर्धारित समय सम्म पनि दमक फुटबल क्लबले गोल गर्ने प्रयास गरे पनि कुनै पनि गोल गर्ने सकेन । यो सङै २-० को अन्तरले राष्ट्रिय जागृती फुटबल क्लब इटहरीले सेमी फाइनलको यात्रातय गरेको हो । ‘म्यान अफ द म्याच’ योगेन्द्र कार्की घोषित भएका छन् । उनलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
गोल्ड कपको सेमिफाइनलमा सहलेश युवा क्लब सिराहा र गछिया युवा समाज, गाइघाट युनाईटेड फुटबल क्लब, राष्ट्रिय जागृती फुटबल क्लब इटहरी सेमिफाइनल प्रवेश गरिसकेका छन् । पहिलो सेमिफाइनल खेल भोली दिउँसो २ बजे सहलेश युवा क्लब सिराहा र गाइघाट युनाईटेड फुटबल क्लब उदयपुर बीच खेल खुने संयोजक प्रलाद थोप्रा लिम्बुले जानकारी दिए।
प्रतियोगितामा विजेता टोलीलाई २ लाख १ हजार, उपविजेतालाई १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’लाई २५ हजार, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै, सुन्दरहरैंचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान र शारीरिक अपांगता भएका २ नागरिकलाई व्हिलचेयर प्रदान गरिनेछ ।
दीर्घकालीन योगदान दिएका स्थानीय खेलाडीहरूलाई पनि सम्मान गरिने गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बताए । प्रतियोगिता २२ गतेसम्म सञ्चालन हुनेछ । गोल्डकपमा कुल ८ टोली सहभागी छन् ।


























